नेपाल विद्यार्थी संघले माग्याे गृहमन्त्रीको राजीनामा
नेपालखोज
२०८० भदौ २० गते १९:१६

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेकाे छ । बुधबार विज्ञप्ति जारी गर्दै नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।
पार्टीका सह-महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएकोप्रति आपत्ति जनाउँदै नेविसंघले नागरिकको ज्यान रक्षा गर्न नसक्ने गृहमन्त्री असफल भएको बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया