वास्तु ज्ञान : घरबाट निकाल्नुहोस् यी पुराना वस्तु

हामी घरमा राखिएका पुराना चीजहरूसँग भावनात्मक रुपमा जोडिन्छौं र प्रायः त्यस्ता चीजहरू हाम्रो स्टोर कोठामा राख्छौं ।वास्तुशास्त्र अनुसार लामो समयसम्म प्रयोग नगर्ने वस्तुमा राहु/केतु र शनिको वास हुन्छ । आउनुहोस् जानौं ती चीजहरू, जुन घरबाट हटाउनुपर्छ ।
पीत्तलको भाँडा
मानिसहरू प्रायः काँसका भाँडाहरू स्टोर कोठा वा भान्साकोठामा बन्द गरेर राख्छन् । यी भाँडालाई अँध्यारोमा राख्नाले त्यसमा शनिको वास हुन्छ । जसले गर्दा जीवनमा समस्या आउन थाल्छ ।
पुराना लुगा
मानिसहरु पुराना कपडा, ओछ्यान, ओडने जस्ता चीजहरू वर्षौंसम्म स्टोर कोठामा धूलो जम्मा गराएर राख्छन् । यसो गर्नाले जीवन वा घरमा राहु र केतुको नकारात्मक ऊर्जाको प्रभाव बढ्छ ।
खिया लागेका चीजहरू
घरमा औजारलगायत फलामका धेरै चीजहरू हुन्छन् । तर, प्रयोग नगर्ने हो भने ती वस्तुहरू खिया लाग्छ । जसका कारण घरमा समस्या बढ्छ र घरमा नकारात्मक उर्जाको वास हुन्छ ।
भित्ते घडि
घरको भित्तामा झुण्डिएको घडी बिग्रिएपछि रोकिन्छ । वास्तुअनुसार जुनसुकै दिशामा राखिएको बन्द घडीले मानिसका लागि खराब समय ल्याउन सक्छ । त्यस्ता घडीहरू फालिदिनु नै राम्रो हुन्छ ।
माथि उल्लेखित जानकारी प्रामाणिक वा बैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह /सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया