कोसी प्रदेश सरकारविरुद्धको रिटमा बहस आज पनि
नेपालखोज
२०८० भदौ २१ गते ७:५४

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले)को रिटमा प्रतिवादीको बहस आज पनि जारी रहने भएको छ । निवेदक पक्षको बहस सकिएपछि प्रतिवादीको बहस सुरु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा गत मंगलबारदेखि सुरू भएकाे सुनवाइ आज पनि सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो ।
आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण इजालसमा सुनवाइ हुने भने पनि साे दिन हेर्दा हेर्दैमा राखिएकाे थियाे । जसअनुसार कम्तीमा तीन न्यायाधीश रहने पूर्ण इजलासमा उक्त रिटमाथि मंगलबारबाट सुनुवाइ सुरू भएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया