काठमाडौं–१६ का वडाध्यक्ष रिजालको निधन
नेपालखोज
२०८० भदौ २१ गते ८:५९

काठमाडौं । काठमाडौं महानगरपालिका वडानम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । ग्राण्डी अस्पतालमा उपचार गराइरहेका उनको आज बिहान निधन भएको हो ।
उनलाई, उच्च ज्वरो तथा निमोनिया भएकोले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।
उनी टिकटकदेखि सामाजिक सञ्जालमा पनि उतिकै सक्रिय रँहदै आएका थिए । रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का सभापतिसमेत हुन् ।
निधन भएका रिजाको पार्थिब शरीर अहिले बिहान ११ बजे देखि अन्तिम श्रद्धान्जलीका लागि राष्ट्रिय सभा गृहमा राखिने भएको छ ।
सम्बन्धित

प्रतिक्रिया