शनिबार, जेठ ५, २०८१

पूर्वी युक्रेनको व्यस्त बजारमा ‘रुसी क्षेप्यास्त्र आक्रमण

नेपालखोज २०८० भदौ २१ गते ११:११

कोस्ट्यान्टिनीभ्का । युक्रेनमा ‘शान्त सहर’ भनिने गरिएको कोस्ट्यान्टिनीभ्कामा बुधवार दिउँसो भएको क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ ।

उक्त सहरस्थित एउटा व्यस्त बजारमा भएको उक्त आक्रमणलाई युक्रेनमा असामान्य मानिएको छ ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई नियोजित आक्रमण भन्दै त्यसको निन्दा गरेका छन् । उनले उक्त आक्रमण रुसले गराएको आरोप लगाएका छन् । तर रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन ।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओहरूमा मानिसहरूले किनमेल गरिरहेको बजार क्षेत्रको सडकको पल्लो छेउमा विस्फोट भई गाढा सुन्तला रङ्गको धुवाँ उडेको देखिन्छ ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोमाथि दोषारोपण गर्दै मारिएका मानिसहरू निर्दोष भएको बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्छ । –BBC

प्रतिक्रिया