शनिबार, वैशाख २२, २०८१

बलिउड गायक-गायिकाको पारिश्रमिक कति ?

नेपालखोज २०८० भदौ २२ गते १३:५४

काठमाडौं । बलिउड नेपाली फिल्म इन्डस्ट्री (कलिउड)को तुलनामा धेरै धनी मानिन्छ । यहाँका कलाकारकारको पारिश्रमिक नेपाली कलाकारको तुलनामा उच्च छ । यतिसम्मकी बलिउड विश्रवकै दोस्रो चलचित्र उद्योग भएको भारतको दाबी छ ।

सलमान खान, शाहरूख खान र अक्षय कुमार जस्ता पहिलो श्रेणीका बलिउड नायकले एउटै चलचित्रमा काम गरे वापत एक सय करोडभन्दा बढी रकम लिन्छन् । त्यसो भए भारतका चल्ती गायक-गायिकाले कति पारिश्रमिक लिन्छन् त ? नेपालखोजले उनीहरूको पारिश्रमिकका बारेमा पत्ता लगाएको छ । प्रस्तुत छ भारतीय कलाकारहरूको पारिश्रमिक :

एउटै गीतका लागि अरिजित सिंहले १५ देखि २० लाख रुपैयाँसम्म पारिश्रमिक लिन्छन् ।

मिका सिंहले एउटा गीतका लागि ११ लाख भारु लिने गरेका छन् ।

नेहा कक्कडले एउटा गीतको १० देखि १५ लाख भारु लिन्छिन् ।

हनी सिंहले एउटा गीतको १० देखि १५ लाखसम्म पारिश्रमिक लिने गरेका छन् ।

सुनिधि चौहानले एउटा गीतका लागि करिब ११ लाख रुपैयाँ पारिश्रमिक लिन्छिन् ।

सोनु निगमले एउटा गीतका लागि ९ देखि १० लाख रुपैयाँ पारिश्रमिक लिने गरेका छन ।

मिडिया रिपोर्ट अनुसार बादशाहले एउटा गीतका लागि २० लाख भारु पारिश्रमिक लिने गरेका छन् । उनी भारतका पछिल्लो समयका धेरै व्यस्त र्याप गायक हुन् ।

प्रतिक्रिया