बुधबार, असार १८, २०८२

नेता गिरिको प्रतिमा अनावरण गरिने

नेपालखोज २०८० भदौ २२ गते १४:१८

लहान । नेपाली कांग्रेसका नेता तथा समाजवादी चिन्तक स्व प्रदीप गिरिको पूर्ण कदको प्रतिमा सिरहाको लहान नगरपालिका–१४ स्थित गिरिको आश्रममा अनावरण गरिने भएको छ ।

उनको प्रथम वार्षिकोत्सवका अवसरमा आज एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रतिमाको अनावरण गर्ने आयोजक जनाएको छ । ट्रष्टका अध्यक्ष भारती सिलवाल गिरिले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्ड दिउँसो हेलिकप्टरबाट आउने कार्यक्रम रहेको छ ।

लहान–१४ खुट्टी खोलाको छेउमा स्व नेता गिरि वि.सं २०४६ सालपछि बस्दै आएका थिए । उक्त ठाउँलाई गिरिको आश्रम भनेर चिनिन्छ । उनी यस क्षेत्रका पूर्वसांसद पनि थिए । गिरिको एक वर्ष पहिले काठमाण्डौँको मेडिसिटी हस्पिटलमा क्यान्सर सङ्क्रमणले उपचारका क्रममा निधन भएको थियो ।

प्रतिक्रिया