अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि…
नेपालखोज
२०८० भदौ २२ गते १८:२३

काठमाडाैं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले म्यानमारसँग गोलरहित बराबरी खेलेको छ । अञ्जन बिष्ट पेनाल्टीमा गोल गर्न चुकेपछि नेपालले गोलरहित बराबरी खेलेको हाे । शुक्रबार म्यानमारको थुवुन्न रंगशालामा सम्पन्न खेलमा नेपालले दोस्रो हाफमा पेनाल्टी पाएको थियो ।
फिफा फ्रेन्डली अन्तर्गत म्यानमारमा भएको खेलको ५८ औं मिनेटमा नेपालले पाएको पेनाल्टी म्यानमारका गोलकिपर क्यान सजिन फियोले रोके । नेपालका लागि अञ्जन विष्टले पेनाल्टीलाई गोलमा परिणत गर्न सकेनन् ।
नेपालले म्यानमारसँग फिफा विन्डोमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने तालिका छ । यी दुई टिमबीचको दोस्रो खेल भदौ २५ गते हुनेछ ।
सम्बन्धित
प्रतिक्रिया