बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु, झन्डै ३० जना घाइते

नेपालखोज २०८० भदौ २३ गते ६:१२

काठमाडाैं । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जनाइएकाे छ ।

दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् ।

प्रतिक्रिया