‘बिपीको सिद्धान्त भुल्नहुँदैन’

नेपालखोज २०८० भदौ २३ गते १९:०५

दमौली । प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले कांग्रेसले बिपीको सिद्धान्त छाड्न नहुने बताएका छन् ।

एक सय १०औँ बिपी जयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाज तनहुँले आज दमौलीमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले बिपी कोइरालाले देखाएको बाटोमा हिँड्नुपर्ने उल्लेख गरे ।

बिपी विचार समाज आदर्श पुरुष भएको बताउँदै वाग्लेले बिपीको नाम बेचेर पार्टीलाई धारासायी बनाउने काम भएकामा चिन्ता व्यक्त गरे । उनले गुट र उपगुटले गर्दा पार्टी कमजोर भएकाले पार्टीलाई बलियो बनाउनेतर्फ समाजले भूमिका खेल्ने बताए ।

उनले भने, ‘बिपीवादको अनुसरण गर्दै अगाडि बढ्दा पार्टी बलियो हुन्छ, उहाँले देखाएको बाटोमा सधैँ हिँड्नुपर्छ ।’ वाग्लेले पार्टीलाई विचार दिनका लागि प्रजातान्त्रिक विचार समाजले सहयोग गर्ने बताए ।

प्रतिक्रिया