‘ठूलालाई कानुन लाग्दैन भन्ने बुझाइ यो सरकारले बदलेको छ’
नेपालखोज
२०८० भदौ २३ गते १९:३१

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरिब र निमुखालाई मात्र कानुन लाग्छ भन्ने बुझाइ अहिलेको सरकारले बदलेको टिप्पणी गरेका छन् ।
शनिबार गोरखाको सिरानचोकमा स्थानीय बासिन्दासँगको भेटघाटमा उनले दोषी छ भने नेता, मन्त्री, कर्मचारी कसैले पनि छुट पाउन सक्दैन भन्ने सरकारले प्रमाणित गरेको दाबी गरेका हुन् ।
‘गरिब र निमुखालाई मात्र कानुन लाग्छ । ठूला नेताहरुलाई मन्त्रीहरु, सचिवहरु या ठूला पदाधिकारीहरुलाई कानुन लाग्दैन भन्या जस्तो जुन बुझाइ थियो, त्यसलाई बदल्ने जमर्को अहिलेको सरकारले गरेको छ’, प्रचण्डले भने, ‘यदि कोही दोषी छ भने त्यो मन्त्री भएपनि, नेता भएपनि, कर्मचारी भएपनि छुट पाउन सक्दैन ।’
सम्बन्धित
प्रतिक्रिया