‘प्रधानमन्त्री अराजक भइसक्नुभयो, अब कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ’
नेपालखोज
२०८० भदौ २३ गते २०:२४

चितवन । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल आर्थिक, सामाजिक, राजनीतिक र धार्मिक तथा कूटनीतिक सबै क्षेत्रमा संकटको डिलमा पुगेको भन्दै अब कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनलाई शनिवार भरतपुरमा सम्बोधन गर्दै डा.कोइरालाले कांग्रेसका ९ जना मन्त्री यो सरकारमा भए पनि प्रधानमन्त्री नै निर्णायक हुने भएकाले अहिलेको संकट यो सरकारबाट पार नलाग्ने बताए ।
कोइरालाले कतिपय ठाउँमा जातीय र धार्मिक दङ्गा मच्चिन थालेको र यसमा प्रधानमन्त्रीले समेत जातीय राज्यको वकालत गरेर भड्काएको कोइरालाले बताए । उनले अब कांग्रेसको नेतृत्वमा सरकार हुन जरुरी रहेको बताए ।
सम्बन्धित
प्रतिक्रिया