वास्तु ज्ञान : सुत्ने कोठामा यी चिज कहिल्यै नराख्नुहोस्

नेपालखोज २०८० भदौ २५ गते ५:५५

यदि घरको सुत्ने कोठामा वास्तु दोष छ भने नकारात्मक ऊर्जा उत्पन्न हुन्छ । जसका कारण वैवाहिक जीवनमा कलह, आर्थिक संकट र स्वास्थ्य सम्बन्धी समस्या सृजना हुनसक्छ । वास्तुअनुसार शयनकक्षमा केही चीजहरू बिल्कुल हुनुहुँदैन ।

शयनकक्षमा आक्रामक जनावरहरूको तस्बिर राख्नु हुँदैन ।
शयनकक्षमा देवी/देवताको क्रोधित मुद्रामा कुनै चित्र वा मूर्ति राख्नुहुँदैन ।
शयनकक्षमा पूजा घर वा पूजास्थल बनाउनु हुँदैन ।
यदि सुत्ने कोठामा ऐना छ भने त्यो ओछ्यानको ठीक अगाडि हुनुहुँदैन ।
सुत्ने कोठाको भित्तामा पितापुर्खाको तस्बिर टाँगनु हुँदैन ।
ओछ्यानको सिरानी पट्टी घडी वा फोटो फ्रेम राख्नु पनि राम्रो मानिँदैन।
चालिसा वा धर्म ग्रन्थजस्ता कुनै धार्मिक पुस्तक पनि आफ्नो सुत्ने कोठामा राख्नुहुँदैन ।

माथि उल्लेखित जानकारी प्रामाणिक वा वैज्ञानिक नभएर परम्परागत मान्यता तथा पुराना धार्मिक ग्रन्थहरुमा आधारित छ । तसर्थ यो नै पूर्ण सत्य एवं सटीक हो भन्ने होइन । यी कुराहरुलाई अपनाउनु वा व्यबहारमा लागू गर्नु अघि सम्बन्धित क्षेत्रका विज्ञहरुको सल्लाह / सहयोग आवश्यक हुन्छ ।

प्रतिक्रिया