आइतबार, जेठ ५, २०८२

नेपाल सुपर लिगकाे दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक

नेपालखोज २०८० भदौ २५ गते ८:२७

काठमाडाैं । नेपाल सुपर लिग (एनएसएल)ले दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको छ । एनएसएलले ९ टोलीसहित दोस्रो सिजनका लागि खेल तालिका सार्वजनिक गरेको हाे ।

प्रतियोगिताको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेल मङ्सिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ्ग इलाम डे मेची भिड्ने छन् ।

खेल तालिका अनुसार दोस्रो संस्करण नोभेम्बर २४ (मङ्सिर ८) देखि जनवरी ६ (पौष २१) सम्म आयोजना हुनेछ ।

प्रतिक्रिया