बुधबार, असार ४, २०८२

बढ्यो सुनचाँदीको मुल्य

नेपालखोज २०८० भदौ २५ गते ११:३७

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।

साताको पहिलो दिन आइतबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको थियो । आइतबार छापावाला प्रतितोला १ लाख ११ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा १० रुपैयाँले घटेर १ हजार ३९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया