आइतबार, वैशाख १६, २०८१

खोलामा फुटबल प्रतियोगिता !

नेपालखोज २०८० भदौ २५ गते १५:२९

काठमाडाैं । फुटबल खेल प्राय: हरियो घाँसमा खेलिन्छ तर बेलायतको एउटा गाउँमा मानिसहरू पानीले भरिएको खोलामा फुटबल खेल्छन्। बर्टन-अन-द-वाटर ग्लुसेस्टरशायर, इङ्गल्याण्डको एउटा गाउँ हो। टेम्सको सहायक नदी विन्ड्रसको किनारमा अवस्थित यो गाउँ चित्रजस्तै सुन्दर छ। वार्षिक तीन लाख पर्यटक आउने यो गाउँको वार्षिक फुटबल प्रतियोगिता यहाँको एउटा प्रमुख आकर्षण हो।

भारी वर्षाका कारण फुटबल मैदानमा पानी जमे खेल रोक्ने नियम छ तर बेलायतको ग्लुसेस्टरशायरमा खेलाडीहरूले खोलाको पानीमा डुबेर खेल खेल्छन् । बर्टन-अन-द-वाटरमा यो खेल कसरी सुरु भयो भन्ने बारे कुनै भरपर्दो जानकारी छैन। यद्यपि यो खेल झण्डै सय वर्षदेखि चल्दै आएको मानिन्छ ।

यो खेल हरेक वर्ष भदौ महिनामा आयोजना हुन्छ । खेलाडीहरूले विन्ड्रस नदीमा खेल खेल्छन् र टाढा टाढाका मानिसहरू यसबाट रमाइलो गर्छन्। खेलमा स्थानीय बासिन्दालाई दुई समुहमा विभाजन गरिन्छ भने खेल ३० मिनेट चल्छ। नदीमा खेल्ने क्रममा खेलाडीहरूले फुटबललाई किक हान्दा कहिलेकाहीँ पानी छछल्किन्छ र नजिकै बसेका दर्शकहरूलाई भिजाउँछ।

प्रतिक्रिया