भारोत्तोलन खेलाडी विकासको नयाँ राष्ट्रिय कीर्तिमान
नेपालखोज
२०८० भदौ २५ गते १६:११

काठमाडौं । नेपाली भारोत्तोलन खेलाडी विकास भट्टले रियादमा जारी आईडब्लूएफ विश्व च्याम्पियनसिपमा ३ नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
पुरुष ८१ केजी तौलसमूहमा विकासले स्न्याच, क्लिन एन्ड जर्क र कुलमा गरी ३ वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ बोसले जनाएका छन् ।
विकासले आफ्नै नाममा रहेको तीनै कीर्तिमानमा सुधार गरेका हुन् । विकासले स्न्याचमा १२४ केजी भार वहन गर्दै नयाँ राष्ट्रिय कीर्तिमान स्थापित गरे ।
यसअघि १२३ केजीको कीर्तिमान विकासको नाममा थियो । उनले सो कीर्तिमान १९ औं एसियाली खेलकुदको अन्तिम छनोटमा बनाएका थिए ।
सम्बन्धित
प्रतिक्रिया