बुधबार, असार ११, २०८२

नेम्वाङको निधनबाट राष्ट्रलाई अपुरणीय क्षति : पूर्वराष्ट्रपति भण्डारी

नेपालखोज २०८० भदौ २६ गते ९:४२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अप्रत्याशित र अकल्पनीय निधनको खबरले आफू स्तब्ध भएको बताएकी छिन् ।

सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै उनले नेम्वाङलाई मृदुभाषी, शालीन व्यक्तित्वका धनी, समन्वकारी गुण भएको व्यक्तित्वका रूपमा स्मरण गरेकी छिन् ।

संसदीय दलका उपनेता नेम्वाङको निधनले सिङ्गो पार्टी र राष्ट्रलाई अपुरणीय क्षति पुगेको पूर्वराष्ट्रपति भण्डारीले उल्लेख गरेकी छिन् । पूर्वराष्ट्रपति भण्डारीले भनेकी छिन्, ‘म उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु, यस दुःखद् घडीमा शोकाकुल परिवारजन र पार्टी परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

प्रतिक्रिया