बुधबार, असार ४, २०८२

सुनको मूल्य स्थिर

नेपालखोज २०८० भदौ २६ गते ११:५९

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य स्थिर कायम रहेको जनाएको छ । महासंघका अनुसार आज मंगलबार हिजो (सोमबार)कै मूल्यमा सुनको कारोबार हुने भएको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ छ । हिजो सोमबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । महासंघका अनुसार ५ रुपैयाँले मूल्य बढेपछि चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ थियो ।

प्रतिक्रिया