जुवातास खेलिरहेको अवस्थामा तीन जना पक्राउ
नेपालखोज
२०८० भदौ २६ गते १२:३७

काठमाडौं । काठमाडौं महानगरपालिका–१२ भोटेवहालस्थित काठमाडौं छाउनी बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका ३५ वर्षीय हिक्मत थापाको होटल रोटोमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं टेकु बस्ने दैलेख भगवतीमाई गाउँपालिका–६ घर भएका २२ वर्षीय लक्ष्क्षीराम रोकाया समेत ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ७१ हजार २ सय रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित

प्रतिक्रिया