विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

नेपालखोज २०८० भदौ २६ गते १३:४१

काठमाडौं । त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद गरेको हो । उक्त सुन विदेशबाट विमानमार्फत् आएको स्रोतले बताएको छ ।

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनायो ।

प्रतिक्रिया