१९ अंकले घट्दा एक अर्ब १३ करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेको उच्च वृद्धिमा ब्रेक लागेको छ । अघिल्लो दिन ४४ दशमलव ३० अंकले बढेको नेप्से साताको तेस्रो कारोबार दिन आज मङ्गलवार भने १९ दशमलव ४२ अंकले घटेर १९ सय ६७ दशमलव ५७ अंकमा पुगेको छ ।
यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५० अंकले घटेर तीन सय ७९ दशमलव १४ अंकमा पुगेको छ । नेप्सेमा आज दुई सय ७६ वटा कम्पनीहरुको २६ हजार तीन सय दुई पटकको कारोबारमा ३९ लाख १६ हजार एक सय ६१ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ दशमलव ५१ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सामुहिक लगानी कोष समुहको सुचक शुन्य दशमलव शुन्य चार प्रतिशतले बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समुहको सुचक पाँच दशमलव ४७ अंकले घटेर १२ सय ६४ दशमलव २८ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक ५४ दशमलव शुन्य नौं अंकले घटेर तीन हजार सात सय दशमलव ३७ अंकमा झरेको छ ।
फाईनान्स समुहको सुचक पनि ३२ दशमलव ८९ अंकले घटेर १६ सय ७६ दशमलव ९८ अंकमा झरेकोमा जलबिद्युत समुहको सुुचक पनि ३१ दशमलव २७ अंकले घटेर १९ सय ६६ दशमलव ९९ अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव २९ अंकले घटेर १० हजार सात सय ५२ दशमलव १६ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ४९ दशमलव ४० अंकले घटेर १० हजार चार सय ७५ दशमलव ६४ अंकमा झरेको छ ।
यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः एक सय १० दशमलव ८७, शुन्य दशमलव ९१, ५६ दशमलव शुन्य एक, ५० दशमलव ५६, तीन दशमलव ४५ र २४ दशमलव शुन्य दुई अंकले घटेका छन् ।
नेप्सेमा आज सामलिङ पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ५८ प्रतिशतले बढेर तीन सय ५५ रुपैयाँ अन्तिम मुल्यमा प्र्रतिकित्ता सेयर कारोबार भएकोमा थ्रि स्टार हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले घटेर तीन सय ४० रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी नेपाल एसबिआई बैंकको भने आज तीन सय ३७ रुपैंयाँ ९० पैसा अन्तिम मुल्यमा सात करोड ५६ लाख दुई हजार २० रुपैंयाँको सेयर किनबेच भएको छ । यो आज भएका कम्पनीहरुको कुल कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया