शुक्रबार, वैशाख ७, २०८१

नयाँ के छ आईफोन १५ मा ?

नेपालखोज २०८० भदौ २७ गते १०:१४

काठमाडाैं । एप्पलले आईफोन १५ सीरीजका रुपमा दुई नयाँ हेण्डसेट आईफोन १५ तथा आईफोन १५ प्लस सार्वजनिक गरेको छ । एप्पलले यो सीरीजमा डाइनामिक आइसल्याण्डको प्रयोग गरेको छ । अघिल्लो वर्ष कम्पनिले आईफोन १४ प्रोमा पनि डाइनामिक आइसल्याण्ड प्रयोग गरेको थियो, जबकि आईफोन १४ मा स्ट्याण्डर्ड नोच दिइएको थियो ।

आइफोन १५ मा ब्याक प्यानलमा डुअल क्यामरा सेटअपको प्रयोग भएको छ । यसको प्राइमरी क्यामरा ४८ एमपीको छ । कम्पनीको दावी अनुसार यसले उत्कृष्ट डिटेल्ससहित फोटो खिच्न सक्छ भने यसले फोनले फोटोलाई नेक्स्ट लेभलको एक्सपीरियन्स दिन सक्छ ।

यसमा प्रयोगकर्ताले लाइट तथा डिटेल्सको उत्कृष्ट संयोजन पाउने छन् । यो फोनमा नेक्स्ट जेनरेशन पोट्रट मोडसमेत छ । यसका साथै नयाँ फोकस मोड पनि समावेश छ । यो फोकस मोडले लो लाइट तथा दिउँसोको उज्यालोमा उत्कृष्ट ढंगमा काम गर्छ ।

आईफोन १५ मा ६.१ इन्चको डिस्प्ले छ, जबकि आईफोन १५ प्लसमा ६.७ इन्चको डिस्प्ले छ । यी दुबै फोनमा ओलेड सुपर रेटिना डिस्प्लेको प्रयोग गरिएको छ । आईफोन १५ लाई पाँच वटा रंग गुलावी, पहेंलो, हरियो, नीलो तथा कालोमा उपलब्ध हुन्छ।

आईफोन १५ को मूल्य ७९९ अमेरिकी डलर (करिब १ लाख ६ हजार रुपैयाँ) छ भने आईफोन १५ प्लसको मूल्य ८९९ डलर (करिब १ लाख १९ हजार रुपैयाँ) छ । नेपालमा भने आईफोन १५ को सुरुवाती मूल्य करिव १ लाख २७ हजार रुपैयाँ तथा आईफोन १५ प्लसको मूल्य करिब १ लाख ४४ हजार रुपैयाँ हुनसक्ने अनुमान छ ।

आईफोन १५ मा ए१६ बायोनिक चिपसेट प्रयोग गरिएको छ । यसमा ६ कोर सीपीयू पाइने छ, जसले ए१५ बायोनिकको तुलनामा २० प्रतिशत कम पावर खपत गर्नेछ । यसमा अल डे ब्याट्री लाइफ पाउन सकिने छ ।

आईफोन १५ मा रोड असिस्टेन्ट सेवा पनि पाइनेछ । आईफोन १५ सीरीजका प्रयोगकर्तालाई दुई वर्षका लागि निःशुल्क सेटेलाइट कनेक्टिभिटी फिचर दिइनेछ । सेटेलाइट कनेक्टिभिटीको सहयोगले प्रयोगकर्ताले आपतकालिन अवस्थामा स्थानीय निकायसंग सहयोग माग्न सक्ने छन् । सेटेलाइट कनेक्टिभिटीले इन्टरनेट तथा सेल्यूलर नेटवर्क बिना पनि काम गर्न सक्छ ।

प्रतिक्रिया