बिहीबार, जेठ ३, २०८१

पुटिनद्वारा युक्रेनमा सैन्य कारबाहीको घोषणा

युरोपेली महाद्वीपमा ठूलो युद्धको सम्भावना

नेपालखोज २०७८ फागुन १२ गते ९:४०

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ को घोषणा गरेका छन् । पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा ‘ठूलो युद्धको सुरुवात हुनसक्ने’ बताएका छन् । उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे ’हामी आफ्नो रक्षा आफैँ गर्छौँ’ भन्ने वाचा गरेका थिए।

युक्रेनको स्थानीय समय अनुसार बिहीवार राति १० बजेदेखि एक महिना लामो संकटकालीन अवस्थामा प्रवेश गर्दैछ ।क्रेमनलिनले युक्रेनबाट टुक्रिएका दुईवटा पूर्वी क्षेत्रले ‘युक्रेनी सेनाको आक्रामक व्यवहारविरुद्ध’ सहयोगका लागि अपील गरेको बताएको छ।

विश्लेषकका भनाइमा त्यस्तो खाले अपील गरिएको भनेर रुसी सञ्चारमाध्यमले जनाएको कुरा पूर्ण मात्राको आक्रमणको बहाना हुनसक्छ । एकजना अमेरिकी वरिष्ठ अधिकारीले रुस पूर्णमात्राको सैन्य आक्रमणका लागि तयार भएको बताएका छन् । –बीबीसी

प्रतिक्रिया