आइतबार, जेठ ६, २०८१

विद्यालय कर्मचारीले एकमुष्ट रकम लिएर जागिर छाड्न सक्ने

नेपालखोज २०८० भदौ २७ गते १५:१५

काठमाडौं । सरकारले विद्यालयका कर्मचारीहरुको माग सम्बोधन हुने गरी विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याएको छ ।

बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले संघीय संसद सचिवालयमा दर्ता गरेको विधेयकमा हाल कार्यरत विद्यालय कर्मचारीको माग सम्बोधन गर्ने प्रयास गरेको हो ।

करिब ३७ हजार विद्यालय कर्मचारीले आफूहरुको न्युनतम पारिश्रमिक २६ हजार २१० कायम गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीलाई दरबन्दीमा समायोजन गर्नुपर्ने र हाल कार्यरत कर्मचारीलाई एक पटकका लागि प्रक्रिया पुर्‍याई स्थायी गर्नुपर्ने माग राखेर आन्दोलन गर्दै आएका थिए ।

प्रतिक्रिया