शनिबार, फागुन १९, २०८०

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक असोज ४ गते

नेपालखोज २०८० भदौ २७ गते १६:३३

काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी असोज ४ गते दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

यस अघि असोज २ गते बस्ने भनिएकोमा उक्त बैठक असोज ४ गतेका लागि तोकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।

प्रतिक्रिया