शनिबार, वैशाख २२, २०८१

सत्य घटनामा आधारित चलचित्र तथा वेब शृङ्खला

नेपालखोज २०८० भदौ २७ गते १७:२३

ओटिटि (OTT) प्लेटफर्ममा यस्ता धेरै फिल्म तथा वेब सिरिज उपलब्ध छन् जसका कथा सत्य घटनामा आधारित हुन् ।

ताज महल

सन् २०१५ मा आएको फिल्म ‘ताजमहल’ले मुम्बई आतंकवादी (मुम्बई हमला २००८) आक्रमणको कथा बताउँछ, यो फिल्म युट्युबमा हेर्न सकिन्छ ।

दिल्ली क्राइम

दिल्ली क्राइम एउटा उत्कृष्ट वेब शृङ्खला हो जसमा दिल्लीमा भएका बहुचर्चित अपराधहरु देखाइएको छ । यो शृङ्खलाको मजा नेटफ्लिक्समा लिन सकिन्छ ।

स्क्याम १९९२ : द हर्षद मेहता स्टोरी

ओटीटी प्लेटफर्म सोनी लिभमा स्ट्रिम गरिएको वेब सिरिज स्क्याम १९९२ : द हर्षद मेहता स्टोरीले हर्षद मेहताको जीवन कथालाई चित्रण गरेको छ ।

भौकाल

यो सिरिजमा मोहित रैना एसपी सिकेराको भूमिकामा देखिएका छन् । यो वेब सिरिज एमएक्स प्लेयर ( MX Player ) मा हेर्न सकिन्छ ।

मुम्बई डायरीज

प्रसिद्ध अभिनेता मोहित रैनाको सुपरहिट वेब सिरिज ‘मुम्बई डायरीज’ पनि मुम्बई हमलामा आधारित छ । यो वेब सिरिज ओटीटी प्लेटफर्म अमेजोन प्राइम भिडियो मा हेर्न सकिन्छ।

स्पेशल अप्स

के के मेननको प्रसिद्ध जासूसी थ्रिलर वेब सिरिज ‘स्पेशल अप्स’ डिज्नी प्लस हटस्टारमा हेर्न सकिन्छ यो सिरिजको कथा रिसर्च एण्ड एनालिसिस विंग ( र अ ) का अफिसरमा आधारित छ।

प्रतिक्रिया