के मानसिक रुपमा बलियो हुनुहुन्छ ?

प्रकृतिले दिएको सबैभन्दा बहुमूल्य खजाना मध्ये एक मानव मस्तिष्क हो, जसका कारण मानिस यो संसारका सबै जीवित प्राणीहरूमा सर्वश्रेष्ठ मानिन्छ । मानिस आफ्नो दिमाग प्रयोग गरेर ठूलो उचाइमा पुग्न सक्छ र कहिलेकाहीँ यहि मस्तिष्कले उसलाई असफलताको खाडलमा पुर्याउँछ जहाँबाट बाहिर निस्कन असम्भव हुन्छ। मस्तिष्कलाई सही दिशामा राख्नुका धेरै फाइदाहरू छन् ।
यसका लागि मानसिक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ किनभने सफलता हाम्रो बुद्धिमा भन्दा मानसिक बलमा निर्भर हुन्छ। यदि बलियो इच्छा शक्ति र मानसिक बल चाहने हो भने हामि धेरै बलियो हुनुपर्छ। हामिले आफ्नो मस्तिष्कलाई यो शक्ति प्रदान गर्नुपर्छ। विश्वभर भएका धेरै अनुसन्धान पछि, केहि गुणहरू बाहिर आएको छ जसले प्रमाणित गर्दछ कि हामि मानसिक रूपमा धेरै बलिया छौं । जानौं ती संकेतहरू स्
नियन्त्रणभन्दा बाहिरका मुद्दाहरूमा सोच्नु हुँदैन
हामीले प्रायः बुढापाकाहरूले भनेको सुनेका छौं – हाम्रो नियन्त्रणमा नभएको कुराको चिन्ता गर्नु चितामा पुग्नु जस्तै हो। यसको स्पष्ट अर्थ हो – जब हामी कुनै विषयमा केहि गर्न सक्दैनौ तब यसलाई समय र परिस्थितिमा छोडिदिएर चिन्तामुक्त हुनु मै भलो छ । प्रसिद्ध मनोवैज्ञानिक एमी मोरिन भन्छिन्- यदि तपाई मानसिक रूपमा बलियो हुनुहुन्छ भने तपाई आफ्नो नियन्त्रणमा नभएका समस्याहरूको बारेमा चिन्ता गर्नुहुन्न।
त्यस्ता समस्याहरू नियन्त्रण गर्ने प्रयासमा हामी केवल चिन्ता र तनावमा पर्छौ । यसले मानसिक थकान मात्र नभई एनर्जी लेभल पनि कम हुन थाल्छ । बाटोमा आउने सबै समस्याहरूको सामना गर्नुहोस् । यदि तपाईं मानसिक रूपमा बलियो हुनुहुन्छ भने जतिसुकै समस्या आए पनि तपाई त्यसबाट निस्कने प्रयास गर्नुहुन्छ । समस्या लाई लिएर रुनुको सट्टा समाधानको उपाय खोज्न थाल्नुहुन्छ ।
संसारमा यस्ता धेरै उदाहरण छन् जसमा मानिसले कठिन परिस्थितिमा पनि जीवनको लडाइँ हारेका छैनन् । प्रसिद्ध स्वर्गीय वैज्ञानिक स्टेफन हकिङ यसको सबैभन्दा ठूलो उदाहरण हुन्। उनलाई मोटर न्युरोन नामक रोग लागेको थियो जसमा उनको शरीर नियन्त्रणमा थिएन तर उनले आफ्नो मस्तिष्कबाट इतिहास रचे । यदि तपाईं पनि ती व्यक्तिहरू मध्ये हुनुहुन्छ जो कठिनाइहरूबाट बाहिर निस्कन्छन् र विचलित हुँदैनन् भने बुझ्नुहोस् तपाईं पनि मानसिक रूपमा धेरै बलियो हुनुहुन्छ।
पश्चाताप बिना नाईं भन्ने साहस
यदि तपाइँ सबै कुरामा हो भन्नुहुन्छ भने यो एक अलार्म हो । आफ्नो जिम्मेवारी पूरा गर्नु राम्रो कुरा हो तर नाईं भन्ने हिम्मत जुटाउन नसक्दा सम्मानबाट टाढा पुगिन्छ। यदि जीवनमा सन्तुलन चाहने हो भने नाईं भन्न सिक्नुपर्छ । सम्बन्ध बिग्रनु भन्दा पहिले नै नाईं भन्नु राम्रो हो । यसले हामीलाई मानसिक रूपमा स्वस्थ महसुस गराउनेछ र कुनै पनि प्रकारको तनावबाट टाढा राख्नेछ ।

प्रतिक्रिया