नेम्वाङकाे निधनले कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति

नेपालखोज २०८० भदौ २८ गते १७:३३

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय अनुशासन आयोगले संविधानसभाका अध्यक्ष एवं सो पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट नेपालको कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

आयोगका अध्यक्ष केशव बडालले जारी गरेको शोक वक्तव्यमा नेम्वाङ राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार रहेको उल्लेख छ ।

संविधान निर्माणका अगुवा नेम्वाङ सरल, मृदुभाषी, शालीन र राष्ट्रिय सहमतिका सर्जक वरिष्ठ राजनीतिज्ञ र कसैका आँखामा पनि नबिझाउने सार्वजनिक छवि निर्माण गरेका व्यक्तित्व भएकाले उ्नले विभिन्न राजनीतिक दल र पक्षहरूसँग समन्वयका लागि देखाएको विशिष्ट क्षमताको स्मरण गरिएको छ ।

प्रतिक्रिया