सुनको अनुसन्धान सकिएपछि विमानस्थल भन्सारका कर्मचारीले रोके आन्दोलन

नेपालखोज २०८० भदौ २८ गते १७:४९

काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन रोकेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएसँगै कर्मचारीहरु आन्दोलन रोकेर नियमित काममा फर्किएका हुन् ।

कर्मचारीहरुको मनोबल गिराउने, आत्मसम्मानमा ठेस पुर्‍याउने, विभिन्न निकायबाट निरन्तर हस्तक्षेप गर्ने काम भएको उनीहरुको गुनासो थियो ।

यस्तो कार्य बन्द नभएसम्म कार्यालयको दैनिक कार्यसञ्चालन गर्न असमर्थ रहेको भन्दै उनीहरुले सामूहिक सरुवाको माग समेत गर्दै निवेदन दिएका थिए ।

प्रतिक्रिया