शुक्रबार, वैशाख २८, २०८१

के तपाईको पेट लागेको छ ?

नेपालखोज २०८० भदौ २९ गते ५:२१

काठमाडौं । मोटोपन कुनै रोग होइन तर यसले धेरै घातक रोग निम्त्याउन सक्छ । तपाइँ आफ्नो बढेको भुँडि कम गर्न जीवनशैलीमा के परिवर्तन गर्न सक्नुहुन्छ ? हेल्थलाइनका अनुसार यदि आफ्नो पेटको बोसो घटाउन कडा परिश्रम गरिरहनु भएको छ तर पनि त्यो घटिरहेको छैन भने केहि कुरामा ध्यान दिनु जरुरी छ ।

यसका लागि आफ्नो आहारमा सकेसम्म धेरै फाइबर समावेश गर्नुपर्छ। यसले पेट भरिराख्न मद्दत गर्छ र धेरै खानाको लालसा हुँदैन। यसले बोसो जलाउन मद्दत गर्न सक्छ। अनुसन्धानबाट पत्ता लागे अनुसार आफ्नो आहारबाट ट्रान्स फ्याटलाई पूर्ण रूपमा कटौती गर्ने हो भने धेरै फाइदा पाउन सकिन्छ।

यो प्याकेज गरिएको खानामा व्यापक रूपमा पाइन्छ। यसरी बजारमा पाइने यी खानेकुराहरु खान पुर्ण रुपमा बन्द गरियो भने यसको प्रभाव केहि दिनमै देखिनेछ । आफ्नो आहारमा न्यूनतम कार्बोहाइड्रेट प्रयोग गर्ने प्रयास गर्नुपर्छ ।

आफ्नो आहारमा सकेसम्म धेरै प्रोटिन समावेश गर्नु बेस हुन्छ । यसले पेट भरी राख्छ, भोक कम गर्छ, पाचन क्षमता बढाउँछ र मांसपेशी चुस्त राख्छ। अनुसन्धानले पत्ता लगाएको छ भने अधिक प्रोटिन खपतले पेटको बोसो छिट्टै घटाउँछ।

त्यसैले आफ्नो आहारमा उच्च प्रोटिनयुक्त खानेकुरा समावेश गर्नुपर्छ भने गुलिया चिजहरु चीजहरू त्याग्नुपर्छ । आफ्नो स्‍ट्रेस लेवललनइ डायवर्ट गर्ने प्रयास गर्नुपर्छ ।

वास्तवमा अत्यधिक तनावले एक विशेष प्रकारको हार्मोन निस्कन्छ जसले भोक बढाउँछ । यो हार्मोन महिलामा बढी सक्रिय हुन्छ । त्यसैले योग ध्यानको अभ्यास गर्नुपर्छ। यदि कसरत गर्दै हुनुहुन्छ भने कार्डियो व्यायाम गर्नुहोस् जसले क्यालोरी बर्न गर्छ ।

यसबाट स्ट्रेन्थ ट्रेनिङ र वेट ट्रेनिङ पनि गर्न सकिन्छ। यी तीनको संयोजन शरीर, विशेष गरी पेटको बोसो जलाउन निकै प्रभावकारी हुन्छ।

प्रतिक्रिया