आइतबार, जेठ ६, २०८१

बालबालिकासँग कसरी समय बिताउने ?

नेपालखोज २०८० भदौ २९ गते ८:३५

साना बालबालिकासँग

बालबालिकासँग एक्लै समय बिताउनु रमाईलो हुनसक्छ – र  यसको लागि कुनै खर्च पनि लाग्दैन ! ‘तपाईंले उनीहरूको शैलीको नक्कल गर्न वा भाँडाकुटी खेल्न वा सँगै गीत गाउन सक्नुहुन्छ,’ प्राध्यापक क्लभरको भनाई रहेको छ । ‘एउटा गजबको अनुसन्धानले के भन्छ भने तपाईं बालबालिकासँग खेल्नुभयो भने उनीहरूको मस्तिष्कको विकास थप राम्रो हुन्छ ।’

ठुला बालबालिकासँग

साना बालबालिकाले जस्तै किशोर उमेरका बालबालिकाले पनि आफ्नो तारिफ सुन्ने र आफुलाई अरूले राम्रो मानिदिउन् भन्ने चाहना राख्छन् ।

‘उनीहरूको नजिक रहेर नाचिदिए वा उनीहरूका प्रिय गायकको बारेमा कुरा गरिदिए भने एकदमै मन पराउँछन् । ‘ प्राध्यापक क्लभर भने । ‘उनीहरूले यो कुरा सधैं नदेखाउन सक्छन्, तर खुसी हुन्छन् । र, उनीहरूकै शैलीमा सम्बन्ध बनाउनको लागि यो एउटा प्रभावकारी तरीका हो । 

अपेक्षाहरू तय गर्ने क्रममा ‘केहि नियम बनाउनको लागि उनीहरूको सहयोग माग्नुहोस्’ भन्दै प्राध्यापक क्लभर भने-उनीहरूसँग बसेर छलफल गरि घरमा के काम गर्न हुने र के गर्न नहुने भन्ने बारेमा नियम बनाउनुहोस् ।

अस्वीकार्य व्यवहारको परिणाम के हुन्छ भन्ने बारेमा निर्णय गर्न समेत उनीहरूले सहयोग गर्न सक्छन् । यो प्रक्रियामा सहभागी भएपछि उनीहरूले आफु अब स्वतन्त्र र परिपक्व हुँदै गएको कुरा बुझ्छन् ।

स्रोत : युनिसेफ नेपाल

प्रतिक्रिया