सातामा पाँच अर्ब २२ करोडको सेयर किनबेच

काठमाडौं । यो साता नेप्से दुई हजार सात दशमलव शून्य छ अंकमा पुगेको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८६ दशमलव ८१ अंकमा पुगेको छ ।
यो साता दुुई सय ७८ वटा कम्पनीहरुको एक लाख ३३ हजार दुई सय १० पटकको कारोबारमा एक करोड ८१ लाख १७ हजार आठ सय १३ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम पाँच अर्ब २२ करोड ११ लाख ३५ हजार दुई सय ३७ रुपैंयाँ १२ पैसा पुगेको छ । यो कारोबार रकम गत साताको भन्दा एक अर्ब रुपैंयाँले बढी हो ।
गत साता नेप्सेमा दुुई सय ७७ वटा कम्पनीहरुको एक लाख २६ हजार आठ सय ४० पटकको कारोबारमा एक करोड ३७ लाख ३५ हजार पाँच सय ९७ कित्ता शेयर खरिद–बिक्री हुुंदा कुल कारोबार रकम चार अर्ब २३ करोड ३४ लाख ४९ हजार एक सय २३ रुपैंयाँ ६८ पैसा पुगेको थियो ।
यो साता नेप्से सातामा चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौैंथो दिन बढेको थियो भने तेस्रो दिन घटेको थियो । पाँचौं दिन सार्वजनिक बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।
यो साता पहिलो दिन १० दशमलव २३ अंकले बढेर एक हजार नौं सय ४२ दशमलव ८८ अंंकमा पुगेको नेप्से चौंथो दिन पनि ३९ दशमलव ४८ अंकले बढेर दुई हजार सात दशमलव शुुन्य छ अंकमा पुग्न सफल भएको थियो ।
यसैगरी पहिलो दिन दुई दशमलव ३२ अंकले बढेर तीन सय ७३ दशमलव ९० अंकमा पुगेको सेन्सिटिभ इन्डेक्स चौंथौ दिन सात दशमलव ६६ अंकले बढेर तीन सय ८६ दशमलव ८१ अंकमा पुग्न सफल भएको थियो । यि बाहेकका बाँकी दिनहरुमा भने तेस्रो दिन नेप्सेको दुबै सुचकहरु घटेका थिए भने अन्य दिनहरुमा बढेका थिए ।
कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता हिमालयन डिष्ट्रिलरी प्रालि, एनआईसी एशिया बैंक, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् ।
बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।
प्रतिक्रिया