बुधबार, असार ११, २०८२

कांग्रेसमा अनुशासन उल्लंघनका २१ सय उजुरी

नेपालखोज २०८० भदौ २९ गते १९:४६

काठमाडौं । नेपाली कांग्रेसमा अनुशासनको कारबाही माग गर्दै २१०० बढी उजुरी परेका छन् । वडाका पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी परेको हो ।

अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले प्राप्त उजुरीको प्रकृति अनुसार अध्ययन सुरु भएको जानकारी दिए । उनका अनुसार दर्जन बढी केन्द्रीय सदस्य विरुद्ध अनुशासन समितिमा उजुरी परेको छ ।

प्राप्त भएका मध्ये स्थानीय, प्रदेश र संघीय निर्वाचनमा कांग्रेस उम्मेदवारलाई असहयोग र अन्तर्घातका उजुरी बढ्ता रहेको अनुशासन समितिले जनाएको छ ।

४६ जिल्लाबाट अनुशासनको कारबाही माग गर्दै उजुरी दर्ता गरिएको छ । सबैभन्दा बढी उजुरी मधेश प्रदेशका आठ जिल्लाबाट छ । अनुशासन समितिले उजुरीका लागि ३० भदौसम्मको अन्तिम म्याद तोकेको छ ।

जिल्लाले पठाएका उजुरी प्रदेशले समयमा केन्द्रमा नपठाएकाले म्याद थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

प्रतिक्रिया