दोहोरो अंकले खुम्चियो सेयर बजार, तीन सय ४९ वटा कम्पनीहरुको पाँच अर्ब ४३ करोडको सेयर किनबेच

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । साताको पहिलो कारोबार दिन आज सोमबार नेप्से १३ दशमलव १७ अंकले घटेर २८ सय २५ दशमलव २३ अंकमा झरेको छ ।
यसैगरी क बर्गका कम्पनीहरुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २१ अंकले घटेर चार सय ७३ दशमलव ७१ अंकमा झरेको छ ।
नेप्सेमा आज तीन सय ४९ वटा कम्पनीहरुको एक लाख १६ हजार तीन सय १० पटकको कारोबारमा एक करोड १६ लाख ५३ हजार तीन सय ७० कित्ता शेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम पाँच अर्ब ४३ करोड ४२ लाख ४० हजार दुई सय ७६ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको शेयर कारोबार भएकोमा होटेल तथा पर्यटन समूहको सुचक ८४ दशमलव शून्य छ अंकले बढेर आठ हजार तीन सय ६० दशमलव ९१ अंकमा चढेकोमा बाँकी समूहहरुको सूचक भने घटेको छ ।
जसमध्ये बाँणिज्य बैंक समूहको सूचक १२ दशमलव ४७ अंकले घटेर १४ सय ५९ दशमलव ४९ अंकमा झरेकोमा बिकास बैंक समूहको सूचक पनि नौ दशमलव ६५ अंकले घटेर पाँच हजार नौ सय ८८ दशमलव ४१ अंकमा झरेको छ ।
फाइनान्स समूहको सूचक पनि १७ दशमलव ३० अंकले घटेर २४ सय ३४ दशमलव शून्य तीन अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि नौं दशमलव ६२ अंकले घटेर चार हजार ८५ दशमलव शून्य तीन अंकमा झरेको छ ।
जीवन बीमा समुहको सुचक पनि ८० दशमलव १७ अंकले घटेर १२ हजार छ सय ९३ दशमलव ३८ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १२ दशमलव ८४ अंकले घटेर ११ हजार ७३ दशमलव ८६ अंकमा झरेको छ ।
यि बाहेक लगानी, उत्पादनमुलक, लघुवित्त, सामूहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि क्रमशः शुन्य दशमलव ८९, ९८ दशमलव ६८, २४ दशमलव ५२, शुन्य दशमलव शुन्य एक, आठ दशमलव ३७ र १२ दशमलव ६८ अंकले घटेका छन् ।
नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सूचीमा पहिलो स्थानमा सुर्यकुण्ड हाईड्रो इलेक्ट्रीक कम्पनी लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा दोल्ती पावर कम्पनी परेको छ ।
यसैगरी बढी रकम कारोबार गर्नै कम्पनीहरुको सूचीमा भने पहिलो स्थानमा होटल फरेष्ट इन लिमिटेड परेको छ ।

प्रतिक्रिया