शुक्रबार, जेठ ४, २०८१

उच्च अदालतमा सिफारिस २ न्यायाधीशले यसै वर्ष पाउँदैछन् अवकाश

नेपालखोज २०८० भदौ ३० गते १७:००

काठमाडौं । शुक्रबार उच्च अदालतको न्यायाधीशमा सिफारिस विनोदकुमार पोखरेल इजलासमा नै बस्न नपाई अवकाश हुने परिस्थिति बनेको छ ।

६३ वर्षे उमेर हदको नजिक पुगेका न्यायाधीशहरुलाई उच्च अदालतमा सिफारिस गर्दा उनीहरुको पेन्सनमा बढोत्तरी हुने भए पनि न्यायपालिकाले उनीहरुबाट प्रतिफल लिन नपाउने अवस्था बनेको हो ।

शुक्रबार न्यायपरिषदले उच्च अदालतको न्यायाधीशमा २७ जना न्यायाधीश सिफारिस गरेको थियो । सिफारिसमा परेका जिल्ला न्यायाधीश पोखरेल ९ मंसिर २०८० मा ६३ वर्षे उमेर हदले अवकाश हुँदैछन् ।

प्रतिक्रिया