शुक्रबार, वैशाख १४, २०८१

काठमाडाैंमा आजदेखि तीनदिन काेभिडविरूद्धकाे खाेप लगाइने

नेपालखोज २०७९ जेठ १२ गते ६:५४

काठमाडाैं । काठमाडाैं महानगरपालिकाले काेभिड-१९ विरूद्धकाे खाेप अभियान संचालन गर्ने भएकाे छ । महानगरले आजदेखि तीन दिनसम्म फाइजर र माेर्डना खाेप ३२ वटै वडाबाट दिन लागेकाे हाे ।

महानगरपालिकाले हिजाे एक सूचना जारी गर्दै खाेप ३२ वटै वडाका सामूदायिक सहरी स्वास्थ्य क्लिनिकमा उपलव्ध गराउन महानगरपालिकाले वडाध्यक्षहरूलाई अनुराेध गरेकाे छ । खाेप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म संचालन हुने छ ।

महानगरपालिकाले खाेपकाे पहिलो श्रीखंला पुरा गरेका १८ वर्ष माथिका ३ महिना पुरा गरेका सम्पूर्ण नागरीकलाई बुस्टर मात्रा र छुटेका सम्पुर्णलाई पहिलो र दोस्रो मात्रा मोडना चोप दिने जनाएकाे छ । साथै १२ देखि १७ वर्ष उमेर समूहलाई पहिलो र दोस्रो फाईजर वा मोडर्ना दिन सकिने महानगरपालिकाले जारी गरेकाे सूचनामा उल्लेख छ ।

त्यस्तै दोस्रो तथा बुस्टर खोपको लागि यसभन्दा अगाडि खोप लगाएको कार्डको आधारमा र पहिलो खोप उमेर खुल्ने कागजातको आधारमा दिन सकिने छ ।

No description available.

प्रतिक्रिया