शुक्रबार, जेठ ४, २०८१

परम्परागत सिँढीहरु

सुनिल उलक २०८० भदौ ३१ गते ७:५७

परम्परागत रुपले काठमा मानव आकृति कुँधेर बनाइएका यस प्रकारका सिँढीहरु मुगु जिल्लामा पहिले निकै भेटिन्थे । तर अहिले यस प्रकारको सिँढी भेट्न मलाई निकै मुश्किल भयो ।

नयाँ किसिमका घरहरु र जस्तापाताका छाना भएका घरहरु बन्ने क्रमसंगै यस किसिमका सिँढी पनि हराए । पहिले घरहरु मुडुला हुन्थे । त्यसैले माथिल्लो छतमा जाने यस प्रकारका सिँढी राखिएका हुन्थे । माथि छतमा बिस्कुन सुकाउने र पारिलो घाम ताप्ने पनि गरिन्थ्यो । तर अचेल त्यस्तो रहेन । तर पनि मुर्मा गाउँमा खोज्ने क्रममा एउटा सिँढी भने देखे ।

रारा किनारको यो छाप्री गाउँको यो एक बालक हुन् । २०३५ सालमा रारा राष्ट्रिय निकुञ्जले रारा किनारमा रहेको दुइ गाउँ छाप्री र रारा बस्ति अधिग्रहण गरेपछि यहाँका बासिन्दा सबै बिस्थापित भएका थिए ।

प्रतिक्रिया