शनिबार, वैशाख २२, २०८१

फ्लप फिल्मका महारानीहरु

नेपालखोज २०८० भदौ ३१ गते १७:०३

काठमाडाैं । अभिनय क्षेत्रमा आउनु हरेक कलाप्रेमीको ठूलो सपना हो । मानिसको सपना साकार हुन धेरै समय लाग्छ । अर्कातर्फ, केही मानिसले आफ्नो सपना धेरै चाँडै साकार तुल्याउँछन् । के तपाईलाई थाहा छ आज हनमिलाई मन पर्ने अभिनेत्रीहरुले कुनै समय आफ्नो करियरको सुरुवात हिट फिल्मबाट गरेका थिए तर आज उनिहरु उद्योगका फ्लप अभिनेत्रीको सुचीमा छन् ।

परिणिती चोपडा

बलिउड अभिनेत्री परिणिती चोपडा अहिले आफ्नो व्यावसायिक जीवनभन्दा व्यक्तिगत जीवनका कारण चर्चामा छिन् । उनले छिट्टै युवा नेता राघव चड्डासँग विवाह गर्दैछिन् । परीले अभिनय करियरको सुरुवातमा केही हिट फिल्म दिएकी थिइन् तर अहिले अवस्था कस्तो छ भने उनका अधिकांश फिल्म फ्लप छन् ।

सोनम कपुर

अभिनेत्री सोनम कपुरले केही दिनयता अभिनय करियरबाट ब्रेक लिएकी छिन् र उनले आफ्नो सम्पूर्ण ध्यान आफ्नो परिवारमा दिएकी छिन् । सोनमले फिल्म ‘सावरिया’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । उनको यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भएको थियो ।

सोनाक्षी सिन्हा

बलिउडकी दबंग गर्ल अर्थात् सोनाक्षी सिन्हालाई पनि पछिल्ला केही दिनदेखि फिल्मको अकाल छ । उनका फिल्म लगातार फ्लप हुन थाले पछि अब कुनै पनि निर्देशक उनलाई कास्ट गर्न चाहँदैनन् । सोनाक्षीले फिल्म ‘दबंग’ मा सलमान खानको अपोजिटबाट आफ्नो करियर सुरु गरेपनि त्यसपछि उनका अधिकांश फिल्म फ्लप भएका छन् ।

शमिता शेट्टी

अभिनेत्री शमिता शेट्टीले अभिनयबाट ब्रेक लिएकी छिन् । अब उनी चलचित्रमा देखिने छैनन । शमिताले आफ्नी दिदि शिल्पाको जस्तो हैसियत हासिल गर्न सकेकी छैनन् । शमिताको अभिनय करियर पनि धेरै हदसम्म फ्लप रह्यो ।

प्रतिक्रिया