शुक्रबार, जेठ ४, २०८१

अपाङ्गता भएका बालबालिकाको सहयोगका लागि साङ्गीतिक कार्यक्रम

नेपालखोज २०८० असोज १ गते १३:४५

काठमाडौं । नेपाली सेना, सैनिक श्रीमती सङ्घले अपाङ्गता भएका बालबालिका सहयोगार्थ सैनिक मुख्यालय जङ्गी अड्डास्थित सभामण्डपमा यही असोज ५ गते वरदान सुर सन्ध्या साङ्गीतिक कार्यक्रम गर्ने भएको छ ।

नेपालका ख्यातिप्राप्त कलाकारको विविध प्रस्तुतिहरु समेटिने कार्यक्रमबाट सङ्कलित हुने रकम अपाङ्गता भएका बालबालिकाको हितमा खर्च गरिने सङ्घले जनाएको छ ।

नेपाली सेनामा कार्यरत वहालवाला तथा अवकाश प्राप्त सैनिकका अपाङ्गता भएका भएका बालबालिकाका लागि लक्षित गरी विद्यालय स्थापना हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना जानकारी दिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा र सङ्घका अध्यक्ष सुनिता शर्माले गत मंसिरमा संयुक्तरुपमा उक्त विद्यालय भवनको शिलान्यास गरेका थिए ।

सङ्घले सैनिकका परिवारका लागि शिक्षा, स्वास्थ्यलगायत सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । विपद् प्रभावित एवं विविध सुविधाबाट बञ्चित सर्वसाधारणको सहयोगमा पनि संघले सक्रियतापूर्वक काम गर्दै आएको छ ।

प्रतिक्रिया