आइतबार, वैशाख २८, २०८२

रुपन्देहीमा कुटपिटबाट एक जनाको मृत्यु

नेपालखोज २०८० असोज २ गते १०:०५

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

नगरपालिकाको वडा न ९ केवलानीमा गएराति मादक पदार्थ सेवन गरी एक आपसमा झैझगडा गरेका मजदुरमध्ये हेटौंडाका सुरेश साङत्याङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

घटनामा ३ जना घाइते भएका छन् । प्रहरी निरीक्षक किशोर केसीका अनुसार प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

घाइतेलाई उपचारको भैरहवा लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया