शुक्रबार, जेठ ४, २०८१

‘हाम्रो कला हाम्रो संस्कृति’ कार्याक्रममा एक दर्जन गायक कलाकारको प्रस्तूति रहने

नेपालखोज २०८० असोज ३ गते १५:३२

काठमाडौं । हिल्स होम थिएटरले यही असोज ५ गते काठमाडौंस्थित साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर) जमलमा साँस्कृतिक कार्याक्रम गर्ने भएको छ ।

‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन चर्चित गायक कलाकारको प्रस्तूति रहने छ । गायक कलाकार प्रकाश सपूत, सत्यराज आचार्य, स्वरुपराज आचार्य, माण्डपी त्रिपाठी, मदनकृष्ण श्रेष्ठ, लोकगायिका राधिका हमाल, हाँस्यकलाकार जितु नेपाल ‘मुन्द्रे’, मनोज गजुरेल, प्रभाकर देव शर्मालगायत कलाकारको प्रस्तूति रहनेछ ।

गायन, सांस्कृतिक नृत्य, प्रहसन, कमेडी कार्याक्रममा भाषा, कला, संस्कृति क्षेत्रमा योगदान दिएका एक दर्जन पुराना कलाकारलाई सम्मान पनि गर्ने भएको छ ।

साँस्कृतिक सँस्थान (राष्ट्रिय नाचघर)का वरिष्ठ कार्यक्रम प्रमुख तथा वरिष्ठ नाटक प्रबन्धक प्रभाकर देव शर्माका अनुसार पाँच गते साँझ पाँचदेखि हुने कार्याक्रमलाई दिनेश डिसीले सञ्चालन गर्ने छन् ।

प्रतिक्रिया