शनिबार, वैशाख २२, २०८१

‘पर्फेक्ट कपल भनेर कमेन्ट गर्ने दिन कहिले आउँछ ?’

नेपालखोज २०७८ फागुन २९ गते १०:३७

With Actress Rekha Limbu – लेखेर यु-ट्युबर विश्व लिम्बूले पोस्ट गरेको तस्बिरमा आएका केही प्रतिक्रिया :

नाइस कपल भनेर कमेन्ट गर्ने दिन कहिले आउँछ होला ? एनिवे ब्युटिफुल पिक्चर ।
निशवेन लिम्बू

जमना खराब चलिरको छ होसियार है ।
देवेन गुरुङ

जोडी जमेको छ विश्व सर !
अशोक राई

१७ वर्ष कटेको छ- छैन सोधी खोजी गर्नु है ब्रो, फेरि फोकटियामा झन्झट आई लाग्छ ।
डीजी

३० तोला सुन रेडि पार्नु परो है विश्व ब्रो , रेखालाई पाउनका लागि ।
सुरेन राई पुमा

उहाँ लिम्बूनी आर्टिसलाई तिन पटक सपनामा देखियो किन कसरी देखियो थाहै भएन ।
लिमा उदय

लुङ्गाको पनि यता – उता फोटो खिचाएरै जीवन जाने भो ।
हारेर पनि नहारेक‍ो मान्छे

यसपाली वैशाखमै कि?
छेचेन घिसिङ

एक्टेस कि हुनेवाला श्रीमती हुन ?
बल गरुम है बल गरुम प्राङक गर्दैभए पनि फकाउनु चाहिँ नछोड्नु ।
शेर्पा कशाङ

जोडी जम्छ है विश्व सर ।
धनराज केरुङ

रेखा मेरो हो, विश्व दाइको बहिनी ।
हीराकाजी थुलुङ राई

फोटो टाँस्नचाहिँ दुवैले नछाड्ने हँ, के यो माया हो ?
मनकुमार लिम्बू

कुन चलचित्रमा काम गर्नु भाछ हेर्नू पर्यो रेखा सिसको प्लिज ! जानकारी पाउँ ।
चेम्जोङ राजेश

तारे भिर ।
विनोद लिम्बू

No description available.

झ्याप्की झ्याप ठोके हुन्छ अब बिहे ।
एसडी तामाङ

पट्याएरै छोड्ने हो दाजु ?
अशोक के खत्री

नायिका रेखा लिम्बू पत्रकार विश्व लिम्बू दामी छ त ।
सुमन सागर

विश्व सरले रेखा लिम्बूलाई चाहिँ नछोड्ने नै भएछन गाँठे।
छविन राना मगर

बल गरौँ लुङ्वाहरु ।
हाकुम पूर्वेली

हजूरहरूको जोडी दामी मिल्छ है ।
पुण्य खालिङ राई

बिहे नै हुन्छ होला ।
विनोद कोही राई

दाइलाई रेखा लिम्बू सारै मन पर्छिन है, जोडी पनि मिल्छ ।
रविन

जोडी सुहाउँदो देखिन्छ विश्वजी, अब यो जोडीलाई निरन्तर रहोस् शुभकामना दिए मैलेचाहिँ ।
राम राई

यो फोटोमात्र पोस्ट गरेर भएन लुङा , सिउँदोमा सिन्दुर हालेको फोटो चाहिँ पोस्ट गर्नु पर्यो ।
खालिङ डीबी

शुभ साईतमा मिठो तोङबा पिउन पाउँ अग्रिम शुभकामना !
केदार सोनाहाङ राई

यो दाजुले चैँ मन पराकै हो रेखा लाई ।
सुवास लिम्बू केरुङ

ब्या गर्ने कहिले हो ?
विनोद पुर्जा

चैत महिनामा बिहे गर्ने सल्लाह हो कि के हो सर ?
पुष्कर राई

बिहे गर्नु के तपाईंहरु एकदम सुहाउँदो छ जोडी !!
आकाश एक्लो यात्री

बिहे गरि दिउ है लुङ्गा ।
मनोज राई

उमेर सोधेको १७ वर्ष त कटि होला नि?
रतन लिम्बू

मन नि लास्टै मन पराएको दाइले खेदो नि लास्टै गरेको तर कुरो स्वीकार भएको छैन रेखाबाट ।अब त बेला भएन र भन्या ।
दिपेन लिम्बू

जोडी भको हेर्ने सपना अधुरो भको भै ।
लोचन लिम्बू थामदेन

विश्वास छ छिट्टै बिहे खान पाइन्छ ।
जेकिन किरात

कहिले ब्यार्ने रेखालाई विश्व भाइ ।
सु हाङ चन्द्र

जोडी चैँ एकदम राम्रो मिलेको देखिन्छ ।
प्रदीप थुलुङ राई

यो जोडी बबाल लाग्छ , भबिस्यमा रियल जोडो बनेको देख्न चाहने जतिले यता हाजिर गरौ ल ।
तुम्रोक किशोर लिम्बू

जोडी मिल्छ भन्दा रेखा रिसाउनु त हुन्न नि ।
शान्ता

बरु, रेखाले कत्तिको बाल दिन्छिन हौ ?
एन वान्तवा

ह्हाप्पी म्यारिज लाइफ भन्ने दिन छिटो आओस् ।
सृजन शिरीष

आहा कस्तो सुहाउँदो रैछ त , पत्रकार र हिरोईन को जोडी ।
सेसेहाङ लिम्बू

चाडै नै बैबाहिक जीवनमा बाँधिएको देख्न पाइयोस् । दाम्पत्य जीवनको अग्रिम शुभकामना छ है ।
मनकुलाल चौधरी

केही पारा आउला जस्तो छ ।
चामलिङ राई

विश्व सर र रेखा मेमको जोडी सुहाएको छ , छिटै पार्टि खानु पर्छ ।
मोहन चेम्जोङ

विश्व + रेखा = वीरे, यो छोराको नाम है।
यसको मतलब तपाईंहरु बिहे गरिहाल्नुस।
दिपेन तिलिङ

सधैं संगै देखिन थाले पछि, अस्तिनै को प्राङक भनिएको, प्राङक होईन कि जस्तो लाग्न थाल्यो त ?
युङसाबा सा

छोराबुहारी बैनी ज्वाई भन्ने दिन चाडै आओस ।
लिम्बू रेखा

नागरिकतामा उमेर हेरेर मात्र संगै बस्नु होला है नत्र गाह्रो होला। स्कुलको झोलाभरिको किताबले भन्दा धेरै पाठ त्यो घटनाले सिकाएको छ जुन घटना ताजै छ ।
रेजिना लामा

प्र्यांङक मात्र गरि बस्छन रियल चाहि गर्दैनन ।
अमृत सुहाङ

पर्फेक्ट कपल भनेर कमेन्ट गर्ने दिन कहिले आउँछ ?
संगीता लिम्बू

प्रतिक्रिया