मुनाफामा शिखर नगरपालिकाको बस सेवा
नेपालखोज
२०८० असोज ३ गते २०:०१

डोटी । डोटीको शिखर नगरपालिकाले सञ्चालनमा ल्याएको बस सेवा मुनाफामा गएको छ । बस सेवाबाट नगरपालिकाले ३ वर्षमा २६ लाख ९४ हजार ५३० रुपैयाँ मुनाफा कमाएको हो ।
नगरपालिकाले सार्वजनिक यातायातभन्दा सस्तो भाडादरमा सञ्चालन गरेको बस सेवामा ज्येष्ठ नागरिक र सञ्चारकर्मीहरुलाई शुल्क लाग्दैन । विद्यार्थीहरुलाई प्रचलित नियमानुसार भाडा छुटको व्यवस्था छ ।
शिखर नगरपालिकाले २०७५ साल माघ २६ गते २६ सीट क्षमताका दुई बस सञ्चालनमा ल्याएको थियो । नपाले प्रतिबस २८ लाख ३० हजार रुपैयाँमा खरिद गरेको थियो । बस सेवा नगरपालिकाको सिमाना कोराल खोलादेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र दिपायलसम्म सञ्चालन भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया