मंगलबार, फागुन १५, २०८०

आज पनि काठमाडौंमा शिक्षकहरुको प्रदर्शन

नेपालखोज २०८० असोज ४ गते १४:१२

काठमाडौं । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघर-नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ ।

ट्राफिक प्रहरीले नयाँबानेश्वर र आसपास भएर चल्ने सवारीलाई डाइभर्ट गरेको छ । यसका कारण हरेकजसो चोकमा लामो जाम लागेको छ । पुलहरुमा पनि जाम बढेको छ ।

नदी किनाराका करिडोरमा समेत सवारी चाप बढेकाले जामको असर सबैतिर देखिएको छ ।

जामले सार्वजनिक सवारी र निजी सवारीमा यात्रारतहरु हैरान छन् ।

प्रतिक्रिया