शुक्रबार, वैशाख २६, २०८२

वैदेशिक रोजगारीमा जाने युवा घटे

नेपालखोज २०८० असोज ४ गते १६:५६

काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भारी कमी आएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो महिनामै गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेश जाने युवाको संख्या ३३ हजारले कम भएको छ ।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन र भदौ दुई महिनामा १ लाख ६ हजार ४५९ जना युवाले श्रम स्वीकृति लिएका छन् । नयाँ र पुनः श्रम स्वीकृति लिनेको संयुक्त संख्या हो ।

२०७९/८० को साउन र भदौमा कुल १ लाख ३९ हजार ४४२ जना युवा विदेशिएका थिए । यस वर्ष गत आवको तुलनामा श्रम स्वीकृति लिने युवाको संख्या ३२ हजार ९८२ जनाले कमी आएको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया