परीक्षामा फेल भएका सरकारी वकिललाई कानुनमन्त्रीले बनाए जिल्ला न्यायाधीश

काठमाडौं । न्यायपरिषदको २ असोजमा बसेको बैठकले ३६ न्यायाधीश नियुक्ति गर्दा ज्येष्ठता, योग्यता र कार्यक्षमता मूल्यांंकनमा आधारमा नियुक्त ७ मध्ये पाँचौं नम्बरमा परेका छन् रामचन्द्र शर्मा ।
जिल्ला सरकारी वकिल कार्यालय स्याङ्जाका जिल्ला उपन्यायाधिवक्ता शर्मा कास्की जिल्ला अदालतको न्यायाधीशमा नियुक्त भएका छन् ।
४ मंसिरको चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत रहेका शर्मा कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङको जोडबलमा न्यायाधीश नियुक्त भएको भन्दै आलोचना भएको छ ।
शर्मालाई न्यायपरिषदले ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनका आधारमा सरकारी वकिल रामचन्द्र शर्मालाई अवसर दिएको हो । जबकी न्यायसेवाका उपसचिवहरुको ज्येष्ठताक्रममा शर्मा धेरै पछाडि छन् ।
न्यायपरिषदको पछिल्लो बुलेटिन अनुसार, न्याय सेवा अन्तर्गतको सरकारी वकिल समूहमा रहेका शर्मा २१ औं वरियताक्रममा थिए ।
प्रतिक्रिया