शनिबार, जेठ ५, २०८१

यु–१९ साफ च्याम्पियनसिप : नेपाल पाकिस्तानसँग पराजित 

नेपालखोज २०८० असोज ४ गते १९:५३

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएकाे छ । त्रिपुरेश्वरस्थिन दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो । 

पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो । 

४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए । जितसँगै पाकिस्तानले समूह ‘ए’ मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।

प्रतिक्रिया