शुक्रबार, वैशाख २६, २०८२

चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, दिउँसाे र राति कस्ताे रहला ?

नेपालखोज २०८० असोज ५ गते ५:५८

काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाे जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । साथै झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको विभागले जनाएकाे छ ।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको साथै मधेश र कोशी प्रदेशको तराई भू-भागका एक दुई स्थानमा हावा हुरीको सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भू-भागहरूमा आंशिक बदली रहनेछ भने कोशी, मधेश, बागमती र  गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा कोशी र मधेश प्रदेशको एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया