मंगलबार, फागुन १५, २०८०

आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति

नेपालखोज २०८० असोज ५ गते १७:५१

काठमाडाैं । आन्दोलनरत शिक्षक र सरकारबीच ७ बुँदे सहमति भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको वार्तापछि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने सहमति भएको छ ।

वार्तामा बसेका दुवै पक्षबीच सहमति भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सरकारले संसद्मा दर्ता गराएको विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले असोज ३ गतेदेखि काठमाण्डु केन्द्रित आन्दोलन गरिरहेका थिए ।

प्रतिक्रिया